Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

ओझेलमा परेको फाकफोकथुमको सिंहदेवी गुफा

ओझेलमा परेको फाकफोकथुमको सिंहदेवी गुफा

  • लिला बहादुर लिम्बु
  • बुधबार, बैशाख १७ २०८२


ओझेलमा परेको फाकफोकथुमको सिंहदेवी गुफा

फाकफोकथुम । इलाम फाकफोक थुम २ साविक कोलबोटे अवस्थित सिंह देवि गुफा प्रचारप्रसार तथा जिम्मेवार निकायहरूको आखाँ नुपुग्दा ओझेलमा परेको छ । सिंह देवि गुफा इलाम जिल्लाकै प्रसिद्ध तथा प्रख्यात रहेको मानिन्छ । यस गुफाको बिशेषता बारेमा जानकार तथा गुफा संरक्षक अध्यक्ष देउ बहादुर राइले यस क्षेत्रमा शिकारीहरू सिकार गर्न जान्दा बन्दुक नपड्किड्ने मुख्य बिशेषता रहेको बताए । गुफामा घन्टीको आवाज आइरहने किंवदन्ती रहेको छ ।
यसैगरी यस गुफामा अहिले उहिले बाघ भालु बस्ने मुख्य बासस्थान रहेको छ । यस गुफा चाहि थिङथेना भन्ने अवतारी लामाले पत्ता लगाएको भन्ने किंवदन्ती रहेको छ । यस गुफाभित्र विभिन्न प्रकारका आकृतिहरु ढुङ्गाका देख्न सकिन्छ । भगवान शीवजीले सर्पको माला लगाएर त्रिशुल समाएको आकृतिको गुफाभित्र रहेको प्रष्ट ढुङ्गा समेत रहेको देख्न सकिन्छ ।

साथै यस गुफाको एकातिर रहेको ढुङ्गामा प्वाल रहेको छ भने त्यो प्वालबाट गजुरमुखी धाम मंदिर देखिने गरी अवलोकन गर्न सकिने खालको ढुङ्गा रहेको छ । गुफामा घाइते बाघ बस्ने एक्लेढुङ्गा १५ मिटर अग्लो समेत रहेको देख्न सकिन्छ। यस सिंह देवि गुफालाई प्रचारप्रसार तथा सम्बधित निकायहरूको ध्यान गएमा यस क्षेत्रलाई पक्कै पनि पर्यटकीय गन्तव्य बन्ने स्थानीहरुको भनाइ छ ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार