इलाम । झापा बुद्धशान्तिकी गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘दाइको विहेमा जन्ती जाने हो’ बोलको गीत निशुले सार्वजनिक गरेकी हुन् ।गीतमा नविनकुमार तिम्सिनाको शब्द, म्यूजिक र एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाईको अभिनय तथा नृत्य रहेको छ । निशुको सानैदेखि गीत संगीतमा रुचि थियो । आफू ७÷८ कक्षामा अध्ययन गर्दै गर्दा गीत गाउन थालेको उनले बताइन् ।
यसअघि निशुले भजन एल्बम मेरो पाइला सार्वजनिक गरिसकेकी छन् । साथै दशैं तिहार र तीज पर्वलाई लक्षित गरेर निशुले केही गीतहरु गाइसककी छन् । सानैदेखि गीत संगीतमा रुचि भएकाले आफू यो क्षेत्रदेखि टाढिन नसक्ने उनले बताइन् । नेपली गीत संगीतमै राम्रो पहिचान बनाउने निशुको लक्ष्य छ ।