Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

रोङमा गाउँपालिकामा निर्वाचन आयोगको गाडी

रोङमा गाउँपालिकामा निर्वाचन आयोगको गाडी

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख १६ २०८२


रोङमा गाउँपालिकामा निर्वाचन आयोगको गाडी

इलाम । इलामको रोङ गाउँपालिकामा निर्वाचन आयोगले गाडी हस्तान्तरण गरेको छ । निर्वाचन आयोगले केहि वर्ष प्रयोग गरेर त्यसै राखेको गाडी रोङ गाउँपालिकालाई हस्तारन्तरण गरेको हो ।
सवारीसाधन खरिद गर्दा धेरै बजेट खर्च हुने भएकाले रोङ गाउँपालिकाले संघीय सरकारका विभिन्न निकायसँग गाडी माग गरेको थियो । संचालन हुनसक्ने पुरानो गाडी खोज गर्दा निर्वाचन आयोगमा रहेको थाहा पाएपछि गाउँपालिकाले आयोगसँग माग गरेको थियो ।
सवारीसाधनको अभावमा भाडामा गाडी लिनुपर्ने बाध्यता अन्त्य गर्न रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले निर्वाचन आयोगमा माग गरेका थिए । फलस्वरुप निर्वाचन आयोगले प्रयोग गरिसकेको गाडी रोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । निर्वाचन आयोगले बा २ झ ३२० नम्बरको गाडि हस्तान्तरण गरेपछि आवतजावतमा सहज भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । उनले भने–‘ निर्वाचन आयोगमा केहि वर्ष चलेको गाडि राम्रो नै भएकाले मर्मत गरि संचालन गरेका छौँ ।’

थप तस्बिरहरु  

प्रतिक्रिया
सम्बन्धित समाचार