Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

माईमा धारिलो हतियार प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या

माईमा धारिलो हतियार प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १३ २०८२


माईमा धारिलो हतियार प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या

माई । इलामको माई नगरपालिका वडा नम्बर(४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या भएको छ। शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली-कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई ४२ बर्षिय शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन।

कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि माई अस्पताल हुदै वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिए ।

दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना जिल्ला अदालत परिसरमा जेठी सासु मृतक भुमिकासंग विवाद भएको र जेठीसासुले अभद्र व्यवहार भएको भन्दै दुलाल विरुद्ध‌ मुद्दा दायर गरेकी थिइन्। प्रहरीले दुलाललाई फरार सुचिमा राखेर खोजि गरिरहेको थियों ।

दुलालले प्रतिसोधका आधारमा भुमिकाको हत्या गरेको हुन सक्ने वताईएको छ। हत्या आरोपी दुलाललाई जिल्ला प्रहरी कार्यालय इलाम शुक्रवार साँझनै लगिएको लोदिया प्रहरी चौकी दानाबारीका प्रहरी हवल्दार श्याम बजगाईले जानकारी दिए ।

अविवाहित रहेकी मृतक चापागाई आमाको हेरचाह गर्दै वसेकी थिईन । मृतक चापागाईको शव शनिवार प्रदेशिक अस्पताल भद्रपुर झापामा पोष्टमार्टम गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार