इलाम । इलाममा मेलमिलाप सम्बन्धि ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सर्वोच्च अदालत मेलमिलाप परिषद् र मानव अधिकार मञ्च नेपालको संयुक्त आयोजना, इलाम जिल्लाका स्थानीय तहहरुसँगको सहकार्यमा कार्यक्रम भएको हो । सर्वोच्च अदालतका न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष कुमार रेग्मीले उद्घाटन गरेको तालिम वैशाख ३ देखि १० गतेसम्म सञ्चालन भएको थियो ।
तालिम समापन कार्यक्रममा उच्च अदालत बिराटनगर इलाम इजलासका मूख्य न्यायाधीश श्री विपुल न्यौपाने, इलाम जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेल, वरिष्ठ अधिवक्ता जेवी लुङ्गेली, उच्च अदालत बिराटनगर इलाम इजलासका रजिस्ट्रार जगदिश्वर, भट्टराई, इलाम जिल्ला अदालतका श्रेस्तेदार इन्द्,कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
तालिमको सहजीकरण मेलमिलाप परिषद्का सदस्य तथा प्रमुख प्रशिक्षक चुप बहादुर थापा, मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, याम माबोहाङले गरेका थिए ।