इलाम । इलामका प्रथम कोशी प्रदेश स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ६ वटा विधा समेट्दै बैशाख ४ गतेबाट संचालन भएको प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ५ वटा विधा जिल्ला प्रहरी कार्यालयछेउमा रहेको कभर्ड हलमा र अन्डर १५ को प्रतियोगिता तरकारी बजारछेउको कोर्टमा संचालन गरिएको थियो ।
प्रतियोगितामा यु–१५ सिङगलमा मोरङका प्रतिक बिष्टले उपाधि जितेका छन् । भोजपुरका सन्दिप राई द्धितिय तथा ताप्लेजुङका रुद्र बहादुर गुरुङ र मिसेकहाङ चोङवाङ तृतिय भएका छन् । मिक्स डबलमा एपिएफका भोजबहादुर गुरुङ र उदयपुरकी रोजी राईको जोडीले उपाधि जितेको छ । प्रनिशसिंह ठकुरी र एपिएफ झापाकी अमिता गिरी द्धितिय, भोजपुरका विशाल तामाङ र मनिषा तामाङ तथा संखुवासभाका सुनिल कार्की र इलामकी निसमहाङ्गमा सुब्बाले तृतिय स्थान हासिल गरे ।

४५ बर्ष माथिको भेट्रान्स तर्फ काठमाण्डौका संजय कपाली र पाँचथरका अनिल थाम्सुहाङको जोडीले उपाधि जित्न सफल रहयो । स्याङजाका श्रवण चौधरी र उदयपुरका सन्तोष कटुवाल द्धितिय, पाँचथरका दिपक आङदाम्बे र इलामका उत्तम सिंखडा तथा सुनसरीका मनिराज लिम्बु र राम योञ्जनले तृतिय स्थान हासिल गरे । ५५ बर्ष माथिको सुपर भेट्रान्स तर्फ इलामका सञ्जय भक्तराज र उत्तम सिंखडाले उपाधि जित्न सफल भए । बैतडीका गणेश चन्द र पूर्णचन्द्र जैशी द्धितिय, सुनसरीका मनिराज लिम्बु र राम योञ्जन तथा काठमाण्डौका दिल बहादुर कन्दङवा र सुदिप योञ्जनले तृतिय स्थान हासिल गरे ।
मेन्स डबल तर्फ भोजपुरका निश्चल खत्री र विशाल तामाङले उपाधि जिते । संखुवासभाका सुनिल कार्की र पविन लिङथेप द्धितिय, ताप्लेजुङका मिलिङ्ग गुरुङ र अदृश्य लिम्बु तथा एपिएफ मोरङका भोज बहादुर गुरुङ र महेश खड्काले तृतिय स्थान हासिल गरे । मेन्स सिङ्गल तर्फ इलामका दिवस शंकरले उपाधि जित्न सफल भए । एपिएफ मोरङका भोज बहादुर गुरुङ द्धितिय तथा भोजपुरका विशाल तामाङ र संखुवासभाका सुनिल कार्की तृतिय बने ।
अन्य प्रतियोगिता प्रदेश स्तरिय आयोजना गरिएको थियो । ४५ बर्ष माथिको भेट्रान्स र ५५ बर्ष माथिको सुपर भेट्रान्स राष्ट्रव्यापी आयोजन गरिएको ब्याडमिन्टन संघका सचिव हेमराज ढकालले जानकारी दिए । मेन्स सिङ्गल तर्फको बिजेताले ३० हजार, द्धितियले २० हजार र तृतियले जनही ५ हजार प्राप्त गरे । मेन्स डबल तर्फ विजेताले ५१ हजार, द्धितियले ३० हजार र तृतियले जनही ७ हजार ५ सय प्राप्त गरे ।

मिक्स डबल तर्फ विजेताले ४० हजार, द्धितियले २० हजार र तृतिय टिमले ५÷५ हजार प्राप्त गरे । ४५ बर्ष माथिको भेट्रान्स डबल बिजेताले ४० हजार, द्धितियले २० हजार र तृतिय टिमले जनही ५ हजार प्राप्त गरे । ५५ बर्ष माथिका सुपर भेट्रान्स विजेताले ३५ हजार, द्धितियले २० हजार र तृतिय टिमले जनही ५ हजार प्राप्त गरे । यु–१५ विजेताले १५ हजार, द्धितियले ५ हजार र तृतियले जनही २ हजार प्राप्त गरे ।
जिल्ला ब्याडमिण्टन संघ, इलामका अध्यक्ष हुकुमलाल थेवेको अध्यक्षतामा भएको कार्यक्रमका इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।