Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

दोस्रो त्रैमासिकमा गरेको मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय इलाम अब्बल

दोस्रो त्रैमासिकमा गरेको मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय इलाम अब्बल

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख ८ २०८२


दोस्रो त्रैमासिकमा गरेको मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय इलाम अब्बल

इलाम । गृह मत्रालयले दोस्रो त्रैमासिकमा गरेको मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय इलाम अब्बल भएको छ । जिल्ला प्रशासन कार्यालयको रिपोर्ट गृह मन्त्रालयले गत फागुनमा सार्वजनीक गरेको थियो । गृहले सार्वजनीक गरेको रिपोर्टका आधारमा जिल्ला प्रशासन कार्यालय इलाम सबैभन्दा उत्कृष्ट र बजुरा सबैभन्दा कमजोर भएको हो । गृहले सार्वजनीक गरेको दोस्रो त्रैमासिक नतिजामा इलाम, रुकुम पश्चिम, पाल्पाले जम्मा १९ दशमलव ५ अंक प्राप्त गर्दै उत्कृष्ट भएका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङ्जा र तेह्थुम दोस्रो बन्न सफल भएका हुन् । यी जिल्लाले समान १९ दशमलव ३७ अंक प्राप्त गरेका छन् । यस्तै १९ दशमलव २५ अंक प्राप्त गरि पर्वत, बाग्लुङ र मनाङ तेस्रो नम्बरमा रहेका छन् भने कञ्चनपुर र चितवनले १९ दशमलव १२ अंक प्राप्त गरेका छन् । त्यस्तै मकवानपुर जिल्ला प्रशासनले १९ दशमलव ६ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार