फाकफोकथुम । नेकपा (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिकाको पार्टी निकट जनवर्गीय संगठन तथा मोर्चाहरुको संयुक्त पालिका सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । पालिका अध्यक्ष प्रकाश राईको अध्यक्षता, पार्टी केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता साथै प्रदेश सचिवालय सदस्य सिन्धु राई, जिल्ला संयोजक विजय खम्बु, जिल्ला सचिव शान्ता बस्नेत(शर्कल), प्रदेश सदस्य प्रभास शर्मा, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिम, माओवादी केन्द्र प्रदेश सदस्य प्रकाश परियार, शिक्षक संगठन अध्यक्ष उमाकान्त भट्टराई, वाइसीएल नेता डिवन राई र सोम राई, अखिल क्रान्तिकारीका नेता पुस्कर बोहरा, किसान संगठन प्रदेश सदस्य टिका पौडेल, जेष्ठ कम्युनिस्ट मंच प्रदेश सदस्य फुलमाया राईको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको स्वागत पालिका उपाध्यक्ष भुपाल लिम्बुले गरेका थिए भने कार्यक्रम संचालन पालिका सचिव हेमकर्ण निरौलाले गरेका थिए । कार्यक्रममा दर्जनौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन् । उनीहरुलाइ भब्य स्वागत गरिएको थियो ।
जेष्ठ कम्युनिस्ट मञ्च फाकफोकथुम अध्यक्षमा तामाङ
जेष्ठ कम्युनिस्ट मञ्च फाकफोकथुम अध्यक्षमा दानबहादुर तामाङ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट तामाङको अध्यक्षतामा नौ सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा डिल्लीराम निरौला, सचिवमा ललित थेगिम र कोषाध्यक्षमा चन्द्र राना निर्वाचित भएका छन् । सदस्यहरुमा तेजप्रसाद दियाली, पदमबहादुर लिम्बु, राम पौडेल र यामप्रसाद खनाल निर्वाचित भएका छन् । एक जना सदस्य कार्यसमिति बठैकले मनोनित गर्नेछ ।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा फाकफोकथुम अध्यक्षमा थेगिम
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा फाकफोकथुम अध्यक्षमा पुर्णबहादुर थेगिम निर्वाचित भएका छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट थेगिमको अध्यक्षतामा सात सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा पदम लिम्बु, सचिवममा जितबहादुर लिम्बु, सहसचिवमा मनिराज लिम्बु, कोषाध्यक्षमा खेममाया लिम्बु एवम् सदस्यहरुमा लक्ष्मी लिम्बु र देउप्रसाद लिम्बु निर्वाचित भएका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) फाकफोकथुम अध्यक्षमा तामाङ
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) फाकफोकथुम अध्यक्षमा प्रसान्त तामाङ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट तामाङको अध्यक्षतामा १३ सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा चन्द्र दंगाली मगर, सचिवमा ठाकुर भट्टराई, सहसचिवमा रामप्रसाद पौडेल र कोषाध्यक्षमा प्रजापति भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा युवराज राना, खड्ग दर्लामी, रामकुमार थापा, रामप्रसाद पौडेल, दिपक दियाली (ए), अर्जुन राइ, हरीप्रसाद राइ र दिपक दिपाली निर्वाचित भएका छन् ।
नेपाल दलित मुक्ति मोर्चा फाकफोकथुम अध्यक्षमा बागदास
नेपाल दलित मुक्ति मोर्चा फाकफोकथुम अध्यक्षमा पदम बागदास निर्वाचित भएका छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट बागदासको अध्यक्षतामा सात सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा चन्द्र गजमेर, सचिवमा डम्बरबहादुर दियाली, सहसचिवमा देविमाया बर्देवा, कोषाध्यक्षमा मनकुमारी धमला तथा सदस्यहरुमा भिममाया घातानी र तेजप्रसाद दियाली निर्वाचित भएका छन् ।
अनेम संघ (क्रान्तिकारी) फाकफोकथुम अध्यक्षमा बोहोरा
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फाकफोकथुम अध्यक्षमा गोमा बोहोरा निर्वाचित भएकी छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट बोहोराको अध्यक्षतामा १० सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा देविमाया तामाङ, सचिवमा जिना लिम्बु तामाङ, सहसचिवमा चन्द्रकला खड्का र कोषाध्यक्षमा सम्झना लिम्बु निर्वाचित भएका छन् । सदस्यहरुमा रन्जना राइ, जानुका मगर, लक्ष्मी लिम्बु, रेखा निरौला र पवित्रा लिम्बु निर्वाचित भएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम अध्यक्षमा लिम्बू
एकीकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम अध्यक्षमा गजतबहादुर लिम्बू निर्वाचित भएका छन् । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट लिम्बूको अध्यक्षतामा १० सदस्यीय पालिका समिति गठन भएको हो । उपाध्यक्षमा चन्द्रकुमारी सुब्बा, सचिवमा सरिता लोरोहाङ राई र कोषाध्यक्षमा भूमि बस्नेत निर्वाचित भएका छन् ।
सदस्यहरुमा शेरबहादुर पाण्डे, भुपाल कोइराला, दिपेन चौधरी, मिनम न्यौपाने र पवित्रा ढुंगाना निर्वाचित भएका छन् ।