Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम सायङवा फुटबलको नाफा १ लाख ७९ हजार

प्रथम सायङवा फुटबलको नाफा १ लाख ७९ हजार

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ६ २०८२


प्रथम सायङवा फुटबलको नाफा १ लाख ७९ हजार

फिक्कल । प्रथम सायङवा नकाउट फुटबल प्रतियोगिताबाट १ लाख ७९ हजार ६७८ रुपैया नाफा भएको छ । सायाबुङ खेल संघ सन्दकपुर गाउँपालिका–४ माबुको आयोजना गत बर्ष जेठ २ गतेबाट १० गतेसम्म संचालन भएको प्रतियोगितामा कुल ६ लाख ४ हजार ६७४ आम्दानी र ४ लाख २४ हजार रुपैया खर्च भएको जनाइएको छ ।

किँरात राईहरुको महान चाड उभौली साकेला पर्व एवं बुद्ध जयन्तीको पावन अवसरमा गत बर्षबाट सेभेन ए साइड प्रतियोगिता सुरु गरिएको थियो । आयोजकले यस बर्ष पनि बैशाख ३१ गते सम्पन्न हुने गरि १० दिवसीय प्रतियोगिता गर्ने तयारी रहेको छ । स्थानीय टिम र खेलाडीलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालित प्रतियोगिताका सन्दकपुर गाउँपालिका भित्रका ५ वटा वडाका टिमहरुको सहभागिता रहने गरेको छ ।

प्रतियोगिताका सन्दकपुर भन्दा बाहिरका खेलाडीले समेत सहभागिता जनाउन पाउने छैनन् । गत बर्ष बिजेता बन्दै टोड्के झर्ना स्र्पोटिङ क्लबले ४१ हजार र उपविजेता सन्दकपुर–१ ले २१ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको थियो । यस बर्षको लागि आयोजकले मैदानको स्तरोन्नतीको कार्य सम्पन्न गरेको छ । गत बर्षको भन्दा मैदानको आकार बढाइएको अध्यक्ष ददिप राराहाङ राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार