Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

‘बायोमेट्रिक’ नगरे भत्ता नपाईने भएपछि स्ट्रेचरमा वडातिर‘

‘बायोमेट्रिक’ नगरे भत्ता नपाईने भएपछि स्ट्रेचरमा वडातिर‘

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ४ २०८२


‘बायोमेट्रिक’ नगरे भत्ता नपाईने भएपछि स्ट्रेचरमा वडातिर‘

इलाम । इलामको देउमाई नगरपालिका–९ जितपुरकी ८६ बर्षीया खरिमाया न्यौपानेलाई विसं २०७२ सालमा डाक्टरले भगवान भरोसा भन्दै अस्पतालबाट घर फर्कायो । ‘मुटुले १५ प्रतिशत मात्रै काम गर्छ भनेपछि घर ल्यायौँ । आजसम्म आमा भन्न पाएका छौँ ।’ उनका नाति दिवाकर न्यौपानेले भने , ‘आमा रोगी हुनुहुन्छ । हिँडडुल गर्न सक्नुहुन्न ।’ खरिमायालाई बुधबार दिउँसो परिवारले स्ट्रेचरमा बोकेर वडा कार्यालयसम्म पुर्याए ।

वडासम्म पुग्ने सडक छ । सवारीसाधन पनि चल्छन् । तर, उनलाई गाडी चढ्दा बिसन्चो हुन्छ । आपतपर्दा स्ट्रेचरमा बोकेर अस्पताल लैजानु त स्वभाविक हो । तर, अशक्त वृद्धालाई स्ट्रेचरमा बोकेर वडा कार्यालय पुर्याउनु पर्ने के त्यस्तो बाध्यता आईलाग्यो होला ? जेष्ठ नागरिकलाई सरकारले भत्ता दिन्छ । कतिपयले त्यही भत्ताले गुजारा चलाउँछन् । वृद्धभत्ता नविकरण गर्नुपर्छ ।

वडा कार्यालयले नबिकरण गर्न बायोमेट्रिक गर्नुपर्ने भन्दै वडा कार्यालयमा बोलाएपछि खरिमायालाई स्ट्रेचरमा बोकेर वडासम्म पुर्याउनुपरेको उनकी बुहारी कल्पना खनाल (न्यौपाने) ले बताइन् । ‘हामीले आमा अशक्त हुनुहुन्छ । ल्याउन सकिँदैन । प्राविधिक सहयोग गरेर यतै गरिदिनुस भन्यौँ । नगरपालिकाको पञ्जिकरण शाखाले पनि मानेन । वडाले पनि अर्को व्यवस्था नहुन्जेल वडामै आउनुपर्छ भन्नुभयो ।’ बुहारी कल्पनाले भनिन ।

देउमाई–९ का वडाध्यक्ष याम लिम्बूले घरमै गएर बायोमेट्रिक गर्ने निर्णय नभएकाले वडामा आउनु परेको स्विकार गरे । ‘हाम्रोमा मात्रै होइन देशभरिका अधिकांश ठाउँमा यस्तै समस्या छ । यहाँ पनि उहाँ जस्ता धेरै अशक्त हुनुहुन्छ । नगरपालिकाका प्रमुख ज्यू सँग बसेर के गर्न सकिन्छ अब छलफल गर्छौँ ।’ वडाध्यक्ष लिम्बूले भने । खरिमायाका दुई छोरा छन् ।

जेठो छोरा रुपेन्द्र प्रसाद न्यौपाने सोही नगरपालिकाको शिक्षा शाखा प्रमुख छन् भने कान्छा छोरा सूर्य न्यौपाने फाकफोकथुम गाउँपालिकामा कार्यरत छन् । खरिमाया मात्र होइन । यहाँका थुप्रै ज्येष्ठ नागरिकहरु गर्मी र थकान सहेरै लौराको सहारामा वडा कार्यालअघि लाइनमा उभिएका हुन्छन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा पनि सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

त्यहाँ सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिकहरूको भिड लाग्ने गरेको हो । सवारी साधनको सुविधा नभएका पहाडी बासिन्दा ज्येष्ठ नागरिकहरू घण्टौं हिँडेर वडा कार्यालय र प्रशासन कार्यालय पुग्नु परेको छ । इलाम खबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार