Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामको सुखानीमा दुर्घटना हुँदा २ बर्षे बालकको मृत्यु

इलामको सुखानीमा दुर्घटना हुँदा २ बर्षे बालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०८२


इलामको सुखानीमा दुर्घटना हुँदा २ बर्षे बालकको मृत्यु

माई । इलाममा दुर्घटना हुँदा १ जना नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानावारि भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो । इलामको दानावारीबाट झापाको बिर्तामोड तर्फ जाँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नाबालकलाई सोमबार अपराह्न ४ः१० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार