Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राजदूतहरुले टिपेको चिया जोखेर चिया नै मायाको चिनो

राजदूतहरुले टिपेको चिया जोखेर चिया नै मायाको चिनो

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १ २०८२


राजदूतहरुले टिपेको चिया जोखेर चिया नै मायाको चिनो

अन्तु । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिप्ने प्रतिष्पर्धा गरेका छन् । सोमबार १० बजे देखि राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया कसले धेरे चिया टिप्ने भन्ने प्रतिष्पर्धा गरेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको र चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी गराउँदै नेपालको कृषि क्षेत्रको पर्यटन विकास लागि सहभागी गराइएको बताए ।

उनले नेपालको आर्थिक स्थिति सुधार गर्न यस बर्ष पूर्वी नेपालको इलाममा विभिन्न कार्यक्रम गरिएको बताए । राजदूतहरुले टिपेको चिया जोखेर चिया नै मायाको चिनो स्वरूप प्रधान समेत गरिएको छ । सूर्योदयका नगरप्रमुख रणबहादुर राईका अनुसार चैत्र ३१, बैशाख १ र २ गते नेपालका लागि विभिन्न देशका राजदुत र कुटनीतिज्ञहरूको सहभागितमा कार्यक्रम गरिएको छ ।

चिया प्रशोधन र त्यसको गुणस्तर जाँच तथा दुधबाट बनाइने विभिन्न प्रकारका चिजको समेत चखाएर त्यसको महत्वबारे जानकारी गराइएको छ । नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एशोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । चिया टेष्टिङसँगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । जुन कार्यक्रमबाट चियाको प्रचार प्रसार देशका विभिन्न देशमा पुग्ने उनले बताए ।

ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए । यस्तै चिज र अलैची टेष्टिङको कार्यक्रममा समेत राजदुतहरूले सहभागिता जनाएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले बताए ।

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत आइतबार इलामको सूर्योदय नगरपालिका आएका थिए । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत १५ देशका राजदूत आइतबारदेखि अन्तुमा छन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूतसहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी रहेका छन् । मन्त्री राणाले यो भ्रमण कार्यक्रमले नेपाली स्थानीय बस्तुलाइ विश्व बजारमा पुर्याउन थप मदत पुग्ने बताइन् । उनले नेपालको पर्यटन विकास लागि स्थानियसँगको छलफल पछि आगामी बजेटमा पूर्वाधारमा समेत जोड दिने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार