Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आज आदिकवि भानुभक्तको २०५औं जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २०५औं जन्मजयन्ती

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २९ २०७५


आज आदिकवि भानुभक्तको २०५औं जन्मजयन्ती

इलाम । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका मुलुकमा विविध कार्यक्रम गरी मनाइँँदै छ।

आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०४ वर्षअघि वि।सं। १८७१ असार २९ गते भएको थियो। बाबु धनञ्जय आचार्य र आमा धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली जनबोलीमा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

उनी आशुकवि पनि थिए। जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रभातफेरी र प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकविको शालिकमा माल्यार्पण गर्दैछ।

नेपालीभाषीको बहुलता रहेका भारतका विभिन्न भागमा पनि कार्यक्रम गरी भानुभक्त आचार्यको सम्झना गरिँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार