Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २७ २०८१


इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलामको सदरमुकामस्थित जिरोमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले बताए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’

पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार