Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

झलनाथले सम्झिए रत्न बान्तवा

झलनाथले सम्झिए रत्न बान्तवा

  • सन्देश सम्बाददाता
  • बुधबार, चैत्र २६ २०८१


झलनाथले सम्झिए रत्न बान्तवा

इलाम । रत्नकुमार वान्तवाको ४६ औ स्मृति दिवसमा पूर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्झिएका छन् । खनालले विज्ञप्ती जारी गर्दै समाजवादको दिशामा देश, जनता र राष्ट्रलाई अघि बढाएर मात्र रत्न बान्तवा प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

उनले विज्ञप्तीमा लेखेका छन् ‘मुलुकको राष्ट्रियतालाई संरक्षण गर्न, जनताका जल्दाबल्दा समस्याहरुलाई सम्बोधन गर्न, मुलुकको सामाजिक–आर्थिक रुपान्तरणलाई गहिरो पार्न, सामाजिक न्याय स्थापित गर्न, शहिदहरुका सपनाहरुलाई पुरा गर्न र मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता हो ।’

उनले सामाज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवादका शोषण, दमन र उत्पीडनका विरुद्ध देशका सम्पूर्ण प्रगतिशील र वामपन्थी शक्तिहरुलाई साझा सवालमा एकतावद्ध बनाएर मात्र समाजवादको दिशामा अघि बढ्न सकिने उल्लेख गरे । उनने समस्त देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरु एकताबद्ध बनेर समाजवादको उच्चतम लक्ष्य तिर अघि बढ्न आग्रह समेत गरे ।

विसं. २००८ साल चैत २७ गते देउमाई नगरपालिका–२ चमैतामा जन्मिएका वान्तवाको तत्कालीन पञ्चायती शासकले इलामको इभाङ्ग (हाल माङ्सेबुङ्ग गा.पा) मा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार