Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुनसरीसंग टाईब्रेकरमा हार्यो इलाम

सुनसरीसंग टाईब्रेकरमा हार्यो इलाम

  • नमीन ढकाल
  • बिहिबार, असार २८ २०७५


सुनसरीसंग टाईब्रेकरमा हार्यो इलाम

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा रौतहटमा जारी उपराष्ट्रपती कप महिला फुटबल प्रतियोगिताबाट इलाम बाहिरिएको छ । । चन्द्रनिगाहपुरमा भइरहेको प्रतियोगितामा इलाम सुनसरीसंग टाईब्रेकरमा ३-१ पराजित बन्दै बाहिरिएको हो ।

निर्धारित ७० मिनेटको समयमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । सुनसरीले असार ३० गते कास्कीको सामना गर्नेछ । त्यसैगरी विहिवार विहान भएको खेलमा पाँचथरलाई २–१ गोल अन्तरले हराउँदै कास्की बिजयी भएको थियो ।

चन्द्रनिगाहपुरमा हुने खेलमा शुक्रबार धनकुटा र दाङ तथा पाल्पा र झापाविच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी मकवानपुरको हेटौडामा भएको खेलमा उदयपुरले महोत्तरीमाथी ६–० र काठमाण्डौले नवलपरासीमाथी ७–४ गोल अन्तरको जित दर्ता गरेको छ ।

हेटौडामा हुने खेलमा शुक्रवार रुपन्देही र सिन्धुपालचोक तथा सुर्खेत र चितवनविच प्रतिस्पर्धा हुनेछ । १३/१३ जिल्लाको सहभागीता रहेको प्रतियोगिताको फाइनल आगामी साउन ३ गते हुनेछ ।

एन्फाको बार्षिक क्यालेन्डर अनुसार संचालन भएको प्रतियोगिताको दुवै स्थानमा भएको प्रतियोगिताको बिजेताले काठमाण्डौमा ३ विभागीय टिम सहित आयोजना हुने राष्ट्रिय स्तरको महिला फुटबलमा प्रतिस्पर्धा गर्ने रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसुदन धितालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार