इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोङ गाउँपालिका–५ स्थित सुके निन्दा खोलाको पुल उद्घाटन गरेका छन् । ७ करोड लागत बनेको पक्की पुलको पुलको उद्घाटन गर्दै खनालले जिल्लाको विकासको लागी सधैं पहल गर्ने बताए ।
खनालले इलाम जिल्लामा मात्रै आफ्नै पहलमा ४० भन्दा बढि पुल निर्माण गरेको समेत बताए । खनालले भने,’ सम्भवत नेपालकै सबैभन्दा बढी पुल निर्माण गर्ने जिल्ला ईलामनै होला , ईलामेली जनताले मलाई सांसद , प्रधानमन्त्री बनाएका कारणपनि यो सम्भव भएको हो।’
खनालले शिलान्यास भएको ११ महिनामै पुल निर्माण सम्पन्न भएकोमा प्रशंसा गर्दै त्यसका लागि पहल गर्ने स्थानीय जनप्रतिनिधि , स्थानिय अगुवा ,स्थानियबासी लगायत समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनी समेतलाई धन्यवाद दिए।
कार्यक्रममा कोशी प्रदेश सांसद खिनु लङ्वा, जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइली , रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो , स्थानीय अगुवा बृहस्पति खतिवडा लगायतको उपस्थिती रहेको थियो ।
खनाल झापा हुँदै आजै इलाम पुगेका छन् । सोमबार इलामको सुर्योदय नगरपालिकामा हुने एकिकृत समाजवादीको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न खनाल इलाम पुगेका हुन् ।