Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने इलामकी चिनीमायालाई १० बर्ष कैद

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने इलामकी चिनीमायालाई १० बर्ष कैद

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २३ २०८१


खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने इलामकी चिनीमायालाई १० बर्ष कैद

इलाम । खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बुलाई अदालतबाट १० वर्ष कैद निर्धारण भएकाे छ ।  लिम्बुले २ जना नाबालिकालाई काठमाडौं टोखा नगरपालिका-९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई वेश्यावृतीमा लगाउने गरेको आरोप छ ।

उनले नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको थियो । बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते उद्दार गरेको थियाे ।

उनलाई  भएपछि मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार टोखाबाट पक्राउ गरेर अनुसन्धानपछि कारागार कार्यालय, जगन्नाथदेवल पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार