Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०८१


उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार