Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो, कार्यकारी निर्देशकमा शाक्य नियुक्त

सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो, कार्यकारी निर्देशकमा शाक्य नियुक्त

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र १० २०८१


सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो, कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो ।

सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए । कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए । उनले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्राही भएको समेत उल्लेख गरेका थिए ।

कार्यकारी निर्देशकमा शाक्य नियुक्त
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार