इलाम । इलामको माई नगरपालिकामा जबर्जस्ती करणी कसुरका अभियुक्त र घटना मिलाउन खोज्ने पक्राउ परेका छन् । १३ बर्षिया इलाम–ड (०८१÷०८२) लाई ललाई फकाई डर त्रासमा पारी धाकधम्की दिई जबर्जस्ती करणी गर्ने अभियुक्त तथा घटनालाई मिलाउन खोज्ने ब्यक्तिहरु समेतलाई इलाम प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा मुख्य अभियुक्त (करणी गर्ने) इलाम जिल्ला माई नगरपालिका २ बस्ने बर्ष २४ को केशब गिरी र घटना मिलाउन पिडक पक्षलाई नगद दिने माई नगरपालिका २ बस्ने वर्ष ५८ को केदार नाथ गिरी, बर्ष ४३ को यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने वर्ष ३८ को पाँचथरे भन्ने तुलाधर अर्याल रहेका छन ।
मुख्य अभियुक्त माई नगरपालिका २ बस्ने बर्ष २४ को केशब गिरीले चैत्र ६ गते साँझ साढे ६ बजेको समयमा माई नगरपालिका २ सितली स्थित चिया बगानमा इलाम–ड (०८१÷०८२) लाई ललाई फकाई डर त्रासमा पारी धाकधम्की दिई जबर्जस्ती करणी गरेको भनि पिडितको आमाले चैत्र ९ गते कारबाहि गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी डिएसपी मान बहादुर राईले जानकारी दिए ।
जाहेरीपछि तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा प्रहरी टोलीले खोजतालसको क्रममा इलाम र झापाको सिमाना सुखानीमा लुकि छिपि बसेको अवस्थामा फेला पारि पक्राउ गरेको हो । घटना मिलाउन पिडक पक्ष माई नगरपालिका २ बस्ने केदार नाथ गिरी, यादव भन्ने नारायण गिरी र तुलाधर अर्यालले आर्थिक अवस्था कमजोर रहेको पिडित पक्षलाई बोलाई ३ लाख रुपैया दिएको थियो ।
अनुसन्धानका क्रममा पिडितको आमाको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत इलाममा उपस्थित गराई दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलाममा राखि अनुसन्धान कार्य भई रहेको छ ।