इलामः नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा दिपक राई सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न पालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा राई,उपाध्यक्ष मनिषा दर्लामी,सचिव बिमल घिमिरे र कोषाध्यक्षमा किसन लिम्बू चुनिएका छन् । सदस्यमा लक्ष्मी श्रेष्ठ, बिना पिठाकोटे,गोबिन्द लामिछाने,बबिता भण्डारी, बम बहादुर राई, दिवश योगी,छत्र दर्नाल, तिल बिक्रम थेगिम र वसन्त भट्टराई चयन भएका छन् ।
सल्लाहकार समितिको संयोजकमा इन्द्र प्रसाद पोखरेल छन् भने सदस्यमा लक्ष्मी प्रसाद शर्मा र खगेन्द्र निरौलालाई छानिएको सचिव विमल घिमिरेले जानकारी दिए । निजामती कर्मचारीहरूको हक, हित तथा सेवा सुरक्षाका लागि गठन भएको यस संगठनले सबै कर्मचारीको लागि सदैव सकारात्मक काम गर्ने नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता जनाए ।
अधिवेशनमा प्रमुख अथिति सङ्गठनका कोशी प्रदेश सह-इन्चार्ज खोम बहादुर खालिङ र विशेष अथिति नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले नयाँ निर्वाचित कमिटीलाई बधाई तथा कार्य सफलताको शुभकामनासहित मन्तव्य राखेका थिए ।