सूर्योदय जेसीज बर्ष २०२५ को अध्यक्षमा कविन सापकोटा निर्वाचित भएका छन् । सूर्योदय जेसिजको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । कार्यकारीणी उपाध्यक्षमा विवेश अधिकारी र रोवित खड्का रहेका छन् । उपाध्यक्षमा एलिस खड्का, सरोज राई, विनोर पोखरेल र समिर तामाङ रहेका छन् । महासचिवमा पंकज सैजु, कानुनी सल्लाहकार सृजय बराल रहेका छन् ।
सूर्योदय जेसिजको नेतृत्व चयनका लागि लोकचन्द्र श्रेष्ठको नेतृत्वमा निर्वाचन समिति बनाइएको थियो । नवनिर्वाचित समितिको सूर्योदय नगरपालिकाको सभाहलमा पदस्थापना गरिएको थियो । जेसिजका कार्यक्रम संयोजक निश्कल राई रहेको कार्यक्रमको अध्यक्षता २०२४ को अध्यक्ष अविशेक प्रताप पौडेल रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद खगेश्वरी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा जेसी अफ द इयर विशाल गुरुङ र उत्कृष्ट प्रर्दशनका लागि विवेश अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न शाखाका जेसिजका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विर्ता जेसिजको मातृत्वमा सूर्योदय नगरपालिकाका युवाहरुले सन् २०२२ मा प्रतिक प्रधानको नेतृत्वमा जेसिज स्थापना गरेका थिए ।