Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पिएसजीविरुद्ध ‘साम्बा’ को दुई गोल

पिएसजीविरुद्ध ‘साम्बा’ को दुई गोल

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र ८ २०८१


पिएसजीविरुद्ध ‘साम्बा’ को दुई गोल

इलाम । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजनमा पेरिस सेन्ट–जर्मेन ९पिएसजी० विरुद्ध दुई गोल गरेकी छन्। अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी साम्बाले शनिबार बिहान भएको खेलमा उक्त गोल गरेका हुन्। तर, रेलिगेसन जोनमा रहेको ग्वेन्ग्याम्प ६–२ ले पराजित भएको छ। योसँगै दोस्रो स्थानमा रहेको पिएसजीले १८ खेलबाट ४२ अंक पुर्‍याएको छ।

समान खेलबाट ग्वेन्ग्याम्पको तीन अंक छ। ग्वेन्ग्याम्पले जारी लिगमा एक जित मात्रै हात पारेको छ। स्टेड डे राउडोरोउम भएको खेलमा साम्बाले सुरुआती ११ मै स्थान बनाएकी थिइन्। २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत पिएसजीले सुरुआती अग्रता लिएको थियो। ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले गल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाइन्।

उनले मारी–एन्टोइनेट काटोटोको पासमा गोल गरेकी हुन्। तर, साम्बाले ५८औं मिनेटमा गोल फर्काएकी थिइन्। उनले एनाइस रिबेराको पासमा गोल गर्दै खेल २–१ मा ल्याइन्। यद्यपि, पिएसजीले पाँच गोल थप्दा ग्वेन्ग्याम्पले एक मात्रै फर्काउन सकेको थियो। त्यसपछि कोर्बिन अल्बर्ट र सोफिया गुएलाटीले गोल गर्दै पिएसजीलाई ५–१ को फराकिलो अग्रता दिलाइन्।

यद्यपि, साम्बाले नाओमी एन्डोआह इटोको पासमा ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–२ मा ल्याइन्। जारी लिगमा यो उनको तेस्रो गोल हो। त्यसको दुई मिनेछपछि काटोटोले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६–२ को फराकिलो जित दिलाइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार