Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह (तस्बिरहरु)

सूर्योदयमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र ६ २०८१


सूर्योदयमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह (तस्बिरहरु)

फिक्कल । वनमा डढेलो नियन्त्रणका लागि सव–डिभिजन वन कार्यालयको संयोजनमा तथा सामुदायिक वन समुहहरुको सहभागितामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तरगत विभिन्न कार्यक्रम सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ । वन डढेलो रोकौ, वन जङ्गल र जैविक विविधताको संरक्षण गरौ भन्ने नाराका साथ सूर्योदयमा डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय इलाम अन्तरगत सव–डिभिजन कार्यालयबाट र्याली, अन्तरक्रिया र जनचेतनामुलक कार्यक्रम सम्पन्न भएका हुन् । वन डढेलो व्यवस्थापन सप्ताहाका रुपमा चैत्र १ गते देखि ७ गते सम्म सूर्योदय नगरपालिका भित्र बिभिन्न कार्यक्रम गर्दै सरोकार कार्यालय तथा समुहहरु सप्ताहा मनाईएको हो ।
सप्ताहाको समापनको दिन सूर्योद नगरपालिका ९ को वरबोटेबाट फिक्कल बजार हुँदै सूर्योदयन गरपालिका ११ को पञ्चकन्यासम्म र्याली आयोजना गरिएको थियो । वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जिङ्गल, सन्देशमूलक गीत र माइकिङ्गको माध्यमबाट वन डढेलो सम्बन्धि जानकारीमूलक सामाग्रीरू वितरण गरिएको सव डिभिजन वन कार्यालय पशुपतिनगरका प्रमुख रमेश भारद्धजले बताए ।


वन डढेलो सम्बन्धि प्रचारप्रसार सामाग्री वितरण गरी सातौें दिनको प्रचारप्रसार कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । साताहाव्यापी कार्यक्रम अन्तरगत सूर्याेदय नगरपालिका त्रिका १९ वटै सामुदायिक वन समूहको पदाधिकारी प्रतिनिधिहरूको सहभागितामा वन डढेलो सम्बन्धि सन्देशमूलक प्ले कार्डहरू र व्यानरहरू सहित वरबोटेबाट फिक्कल बजार परिक्रमा गर्दै सूर्याेदय नगरपालिका भवन बिहीवारे हाटलाई लक्षित गर्दै पूनः फिक्कल चोक बजार सम्म प्रचारप्रसार मूलक र्याली गरी कोणसभा गरिएको हो ।


यस कार्यक्रमबाट गाउँवस्तीका मानिसहरूलाई प्रत्यक्ष भेटेरै वन, वातावरण, जैविक विविधता र विषेश गरी वन डढेलो सम्बन्धि सचेतना फैलाउन चैत्र १ गते देखि ७ गते सम्म नै अनवरत रूपमा सूर्याेदय नगरपालिकाका कर्मचारी, सामुदायिक वन समूहका पदाधिकारी, सरोकारवाला, १४ वटा वडाका अध्यक्षहरुहरुको सभागिता रहेको थियो । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय, इलामबाट प्राप्त कार्यादेश बमोजिमको कार्य विषेश सक्रियताका साथ सम्पन्न भएको । सप्ताह अन्तरगत जनचेतना, अन्तरक्रिया, र्याली, गोष्ठी, सुचना प्रशारण तथा डढेलो नियन्त्रण सचेतना सूर्योदय नगरपालिका भित्रका गाँउ गाँउमा सञ्चालन गरिएकोे सव डिभिजन कार्यालय पशुपतिनगरका प्रमुख रमेश भारद्धजले बताए ।


सव डिभिजन कार्यालय पशुपतिनगरका प्रमुख रमेश भारद्धज अनुसार वन डडेलो नियन्त्रण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय इलामको अनुरोधका आधारमा सचेतना प्रदान गरिएको छ । सप्ताह सचेतना अन्तरगत वन डडेलोका कारण, असर, नियन्त्रणका उपायहरु र आगोलागी गराउनेलाई हुनसक्ने दण्ड सजायको वारेमा जानकारी गराईने छ ।
डढेलो हुने कारणहरूमा चुरोट बिडी तथा सलाई फ्याक्नु, खेतबारी तथा खरबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु, वनभोज स्थलमा आगो ननिभाई छोड्नु, जङ्गली जनवार भगाउन आगो लगाउनु, चट्याङबाट आगो लाग्नु रहेका छन्। वन डडेलोबाट हुने असरहरू रुखबिरुवा तथा वन्यजन्तु क्षति हुनु, पानीको मुहान सुक्दै जानु, जैविक विविधतामा ह्रास आउनु, कृषि उत्पादनमा कमी हुनु, वातावरणीय प्रदूषण रहनु, मानव र वन्यजन्तु बीच द्वन्द हुनु रहेका छन् ।


वन डढेलो नियन्त्रणका उपायहरू जनचेतना तथा प्रचारप्रसार, वन डडेलो सम्बन्धी विषयमा पाठ्यक्रम समावेश, वन व्यवस्थापन र अग्निरेखा निर्माण, वन डडेलो अनुगमन र पहिचान, काम सकिएपछि आगो निभाउने लगायतका कार्य गर्नुपर्ने बताइएको छ । चैत, वैशाख डढेलो नियन्त्रण र जेठलाई नेपालमा सबभन्दा बढी आगलागी हुने समय मानिन्छ । डढेलो व्यवस्थापन हिउँदमा पानी पर्न छोडेका कारण आगलागीका घटना बढ्ने गरेको छ । सरकारले सामुदायिक वन समुदायलाई हस्तान्तरण गरेर जनताको स्वामित्वमा बन रहेको भएपनि डढेलो रहदा संरक्षणको सट्टा नियन्त्रण नगरी चुप लागेर बस्ने परम्पराले सामुदायिक वनको डढेलो लामो समय सम्म नियन्त्रण बाहिर रहने गरेको छ । अहिले सामुदायिक बनका उपभोक्ता सेवा मुखि भन्दा पनि नाफामुखी कार्यमा बढी कृयाशिल रहेको देख्न सकिन्छ ।
वन विनाशमा डढेलोलाई एक प्रमुख कारण मानिन्छ । वनमा डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत सोच भएका मानिसले आगो झोस्ने गरेका कारण समेत बर्षे पिछे वनमा डढेलो लाग्ने गरेको पाईएको छ । “डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने गरेको पाइन्छ” स्थानीय जानकारहरु बताँउछन, “जसले गर्दा मानवीय सँगै वातावरणीय क्षति भइरहेको छ ।”
सामुदायिक वन व्यवस्थापनका कार्ययोजनाहरूमा डढेलो व्यवस्थापनको विषयलाई गम्भीरताका साथ लिइएको पाइँदैन । डढेलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन नगरिएको कारणनै अहिले हरियो बन बिनासको अबस्थामा आएको छ । प्राकृतिक कारणले पनि वनमा डढेलो लाग्छ, तर अहिलेको विनाशमा मानवीय कारण बढी जिम्मेवार छ । तालिम प्राप्त जनशक्ति र स्रोतसाधनको अभावले डढेलो नियन्त्रण कार्यक्रम प्रभावकारी हुनसकेको छैन ।
डढेलो लगाउनेलाई दण्डित गर्ने कानूनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने’ व्यवस्था गरिएको छ। वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड घ अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा साठी हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षति न्यूनीकरण गर्दै उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्याउनु रणनीतिको लक्ष्य रहेको उल्लेख छ । रणनीतिमा डढेलो निरोधात्मक र नियन्त्रण शीर्षकमा वन जोगाउन विभिन्न उपाय अवलम्बन गर्ने भनिएको छ ।
रणनीतिमा डढेलो विपत् निर्देश प्रणाली विकास गरी वन क्षेत्रका संरचनाहरूमा दक्ष जनशक्तिको व्यवस्था गर्ने, डढेलो प्रकोप बढी हुने निश्चित अवधिका लागि सरकारले डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था मिलाउने, वर्षमा एक पटक डढेलो व्यवस्थापन सप्ताह मनाउने व्यवस्था गर्ने भनिएको छ । सोही अनुरुप चैत्र १ गते देखी ७ गते सम्म डढेलो सप्ताह मनाउने गरिएको छ ।

थप तस्बिरहरु :

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार