Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम मरब क्याम्पस स्ववियुमा अनेरास्ववियु–नेविसंघको प्यानल विजयी

इलाम मरब क्याम्पस स्ववियुमा अनेरास्ववियु–नेविसंघको प्यानल विजयी

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ५ २०८१


इलाम मरब क्याम्पस स्ववियुमा अनेरास्ववियु–नेविसंघको प्यानल विजयी

इलाम– इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा ९अनेरास्ववियु०का विशाल कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएको हो ।

भर्खरै सम्पन्न मतपरिणामअनुसार कार्कीले मत पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल ९क्रान्तिकारी०का शम्भू राईले तीन सय ४७ मत ल्याएको निर्वाचन समितिको तथ्यांक छ । राई साझा प्यानलका उम्मेदवार हुन् ।

निर्वाचन अधिकृत देवराज घिमिरेका अनुसार सचिवमा नेविसंघकी रेखा बेघा छ सय २१ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी सविन चौहानको दुई सय ५८ मत आएको छ । कोषाध्यक्षमा अनेरास्ववियुका सुनील शंकर विजयी भए । उनले पाँच सय ९२ मत ल्याएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी मनिष गजमेरले दुई सय ७३ मत ल्याएका छन् । सात सदस्यमा कुशल राई (६०२ मत), निशा भट्टराई (५१३ मत), विप्लव एक्तेन (५२० मत), मंगेश राई (५१७ मत) , बिना बस्नेत (४६६ मत) र सुरेन्द्र गुरुङ (३८६ मत) विजयी भए ।

समानुपातिकतर्फ पनि नौ सय चार मत खसेकामा नेविसंघ पहिलो भएको छ । नेविसंघले तीन सय ३६ मत ल्याएको हो । उसले तीन सिट पाएको छ । अनेरास्ववियु (एमालेनिकट) ले दुई सय ७५ मतसहित तीन सिट पाएको छ । अखिल (क्रान्तिकारी) ले दुई सय मतसहित दुई सिट पाएको छ भने अनेरास्ववियू (नेकपा एसनिकट) ले ७८ मतसहित एक सिट पाएको छ ।

१५ मत बदर भएको छ । एक हजार पाँच सय ७४ मतदाता रहेकामा नौ सय चार मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार