सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–४ माबुलाई बालमैत्री घोषणाको कार्य अघि बढाइएको छ । बालमैत्री वडा घोषणाका लागि मानव अधिकार मञ्च इलामले वडास्तरिय छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडाध्यक्ष ढाल बहादुर गुरुङको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष तथा बालअधिकार समिति अध्यक्ष हरि बहादुर लुङ्गेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कार्यपलिका सदस्यद्वय नरमाया थेबे र छत्र दियालि, महिला बालबालिका शाखा प्रमुख दिपा लिम्बू, वडा सदस्य दिपक राई, खोममाया दियालीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस उपसभापति धनप्रसाद साउदेन, नेकपा एमाले वडा अध्यक्ष विरबहादुर राई, प्रबोध माविका प्रधानाध्यापक ज्ञनाथ अधिकारी, नवज्योति आविका प्रधानाध्यापक याम लिम्बू, सन्दकपुर बोर्डिङका प्रिन्सिपल शिलास लेप्चा, बालकल्व अध्यक्ष मन्दिप मगर लगायत टोबिकास संस्थाका प्रतिनिधि सहभागि थिए ।
आगामी असार मसान्तसम्ममा वडालाई बालमैत्री वडाघोषणा गर्ने प्रतिबद्धता समेत जाहेर भएको छ । चेतन राज राईको समन्वयमा भएको कार्यक्रमलाई मानव अधिकार मञ्चका रुद्र थेवे बाट सहजीकरण भएको थियो ।