Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषि समुहलाई पावर टिलर वितरण

कृषि समुहलाई पावर टिलर वितरण

  • सन्देश सम्वाददाता
  • शनिबार, असार १६ २०७५


कृषि समुहलाई पावर टिलर वितरण

फिक्कल । सूर्योदय नगरपालिका वडा १० को आयोजनामा दुई युवा कृषि समुहलाई पावर टेलर वितरण गरिएको छ । मेहलबोटे कृषि समुह र आरुवोटे युवा कृषि समुहलाई पावर टिलर वितरण गरिएको हो ।

नगरपालिकाको चालु आ.व. २०७४÷०७५ मा बिनियोजित युवा बर्गलाइ लक्षित गरि उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष पेमा उगेन लामाले बताए । वडा अध्यक्ष पेमा उगेन लामाको अध्यक्षता र नगरपालिका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो  ।

नगर उपप्रमुख दुर्गा देबि भट्टराईको बिशेष आतिथ्यतामा संचालित कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष देबेन्द्र शर्मा, वडा नम्बर ७ का अध्यक्ष लेखनाथ बस्नेत र वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार  बस्नेत लगायतको उपस्थिती थियो ।

साथै उक्त अवसरमा अपाङगता स्वावलम्ब समुहको आयोजना र वडा कार्यालयको सहयोगमा १३ जना जेष्ठ नागरिकरुलाई चस्मा तथा अपाङ्गता भएकाहरु ८ जना कान नसुन्नेलाइ ध्वनि श्रवण यन्त्र बितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार