इलाम । नेकपा एमाले सन्दकपुर गाउँपालिका–५ जमुनाको अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । तेश्रो वडा अधिवेशनबाट गुरुङको नेतृत्वमा सर्वसम्मत रुपमा वडा कमिटी गठन भएको हो ।
उक्त कार्यक्रममा पार्टीमा योगदान गर्ने १६ जना अग्रजहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सन्तोष खाम्दाक र निर्मल खाम्दाक एमालेमा समाहित भएको नेकपा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

