इलाम– इलाममा विपद् प्रतिकार्यबारे प्रशिक्षण सुरु भएको छ । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कार्यक्रम सुरु भएको हो । आउँदो २९ गतेसम्म चल्ने कार्यक्रममा विपद्, यसको जोखिम र न्यूनीकरणसम्बधी प्रशिक्षण दिइने प्रशासनले जनाएको छ ।
कार्यक्रममा नेपाली सेनाका जवानहरू नेपाल प्रहरीका जवानहरू सशस्त्र प्रहरीका जवानहरु नगर प्रहरीहरु रेडक्रसका प्रतिनिधिहरू वडा तथा नगर विपद व्यवस्थापन समितिका पदाधिकारीहरू विपद तथा वातावरण हेर्ने कर्मचारीहरूको सहभागितामा तालिम ५ दिनसम्म चल्नेछ।
जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा आएको परिवर्तनले इलाममा ठूलो विपत विगत दुई चार वर्षदेखि आइरहेको आगलागी वन डडेलो भूकम्प जस्ता विपतका बेला प्रतिकार्यमा कसरी खट्ने र खटाउने भन्ने कुराको व्यवस्थापन गराउन तालिम प्राप्त जनशक्तिको आवश्यकतालाई महसुस गरी इलाम नगरपालिकाले प्राथमिकता दिएर सुरु गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष एवम प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।
प्रशिक्षणको उद्धघाटन इलाम नगर प्रमुख केदार थापाले जानकारी दिए ।