Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

एमडीएमएस प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल

एमडीएमएस प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन २३ २०८१


एमडीएमएस प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिदमा लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेको कसुरमा दोषी ठहर गर्दै १३ महिना कैद सजाय र ५ करोड ८० लाख रुपैयाँ बिगो जरिवाना तिराउने फैसला गरेको हो ।

बिहीबार न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित पूर्व अध्यक्षहरू झा, खनाल र न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई १ वर्ष कैद सजाय र दामासही रूपमा जनही ५ करोड ८० लाखका दरले कुल २३ करोड २० लाख रुपैयाँ बिगो जरिवाना भराउने फैसला गरेको हो । झा र खनाल संस्थाको प्रमुख भएको हुँदा थप एक महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार