Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ फाइनल प्रवेश

विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २२ २०८१


विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ फाइनल प्रवेश

इलाम । विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा पुलिसलाई १–० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । रश्मिले ३४औं मिनेट गोल गरिन् ।

अनिता केसीको क्रसमा आएको बल पुलिसकी गोलकिपर उषा नाथले पूर्णरुपमा नियन्त्रणमा लिन नसकेर फुत्किएको बललाई रश्मिले गोल गरेकी हुन् । एपिएफकी कप्तान अनिता बस्नेत प्लेयर अफ दी म्याच घोषित भइन् । उनलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, आयोजक क्लबका अध्यक्ष ध्रुव राईलगायतले ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

एपिएफले शनिवार अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग फाइनल खेल्नेछ । क्लब ओएसिस इलामले आयोजना गरेको गोल्डकपको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार