Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रीति र गिता इलाम आउँदै

प्रीति र गिता इलाम आउँदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २२ २०८१


प्रीति र गिता इलाम आउँदै

इलाम। नेपाली राष्ट्रिय महिला टोलीकी युवा मिडफिल्डर प्रीति राई र डिफेन्डर गिता राना इलाम आउँदैछन् । दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकपका लागि उनीहरु आज इलाम आउँदैछन् । दुवै जनाले विभागीय टोली एपिएफबाट घरेलु लिग खेल्दै आएकी छन्।

यद्यपि, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत फागुन १४ गते म्यानमारसँग भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलपछि एपिएफको जर्सीमा देखिएकी छैनन्। उनीहरुको टोलीले भने इलाममा गोल्डकप खेलिरहेको छ। एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार प्रीतिको पुरानै चोट बल्झिएको छ।

‘प्रीतिले पहिला सर्जरी गरेकी थिइन्। हिपको माथिको हड्डीमा समस्या देखिएको छ,’ उनले भने। उनी चोटमुक्त हुन ‘रिह्याव’ बाँसवारीस्थित नाडा रिह्याव सेन्टरमा ‘रिह्याव’ थिइन्। तर, प्रीतिलाई नखेलाएको भन्दै इलामेली दर्शकले आयोजकको चर्को विरोध गरेपछि इलाम आउन लागेकी हुन्।

उनीहरु भद्रपुर विमानस्थलमा अवतरण गरेर इलाम तर्फ हिडेका छन् । उनीहरुसंग नेपाली राष्ट्रिय टोलीका पूर्वफिजियो तथा पफर्मेन्ट प्रशिक्षक विवेक विक्रान्त अधिकारीसँगै इलाम आएका छन् । गोल्डकपमा एपिएफले मंगलबार भारतको उत्तर प्रदेशस्थित मदर टेरिसा एफसीमाथि १४–१ को फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

अब एपिएफले फाइनल प्रवेश गर्न नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा प्रीतिलाई मैदान उतार्ने प्रयास गर्ने प्रशिक्षक जीवेशले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार