Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिद्यार्थीलाई स्वागत कार्यक्रम (तस्बिरहरु)

स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिद्यार्थीलाई स्वागत कार्यक्रम (तस्बिरहरु)

  • रेविका तोलाङ्गी
  • सोमबार, फाल्गुन १९ २०८१


स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिद्यार्थीलाई स्वागत कार्यक्रम (तस्बिरहरु)

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाममा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नव आगन्तुक बिद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा प्रथम बर्षमा अध्ययन गर्नु आउने विद्यार्थीलाई स्वागत गरिएको हो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दर्शन कुलुङ राईको अध्यक्षता इलाम क्षेत्र नम्बर २ का संघीय सासंद सुहाङ्ग नेम्बाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिशेष अतिथि अखिल क्रान्तिकारी केन्द्रीय उप–महासचिव बिपिन पोख्रेल र क्याम्पस प्रमुख गगाराम पौडेल रहेका थिए । औपचारिक कार्यक्रम पछि विभिन्न विधामा बिद्यार्थीहरुले आफ्नो प्रस्तुतिले मनोरञ्जन गराएको अखिल क्रान्तिकारी मरब क्याम्पस अध्यक्ष तथा स्व वि यु सदस्य शम्भु राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार