Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

महिला गोल्डकप : गोलरक्षक उषा नायक बन्दा पुलिस सेमिफाइनल प्रवेश

महिला गोल्डकप : गोलरक्षक उषा नायक बन्दा पुलिस सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १८ २०८१


महिला गोल्डकप : गोलरक्षक उषा नायक बन्दा पुलिस सेमिफाइनल प्रवेश

इलाम । टाइब्रेकरमा जित निकाल्दै नेपाली पुलिस क्लब इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै पुलिसले अन्तिम ४ मा स्थान बनाएको हो ।

पुलिसले खेल अवधिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नु प¥यो । खेलको ५५ औ मिनेटमा बागमतीको खेलाडीको डिबक्सभित्र ह्रयान्डबल भएपछि पाएको पेनाल्टीलाई पुजा रानाले सदुपयोग गर्न सकिनन् । उनको प्रहार आकासिएको थियो ।

पुलिसलाई अन्तिम ४ मा पु¥याउन गोलरक्षक उषा नाथ नायक बनिन् । उनले बागमतीको २ वटा प्रहारलाँई बचाएकी थिइन् । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर तर्फ खेल धकेलिएको थियो । पुलिसका लागि रेविका पाण्डे, विर्सना चौधरी र गोलरक्षक उषा नाथले गोल गरिन् भने कप्तान निरु थापाको प्रहार आकासिएको थियो ।

यस्तै, बागमतीका लागि सलोनी रानामगरको प्रहारमात्र गोलमा परिणत भएको थियो । सेमिहाङमा लिम्बूको प्रहार बाहिरिँदा विष्णुमाया बल र अन्जली खवासको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले रोकेकी थिइन् । दुई प्रहार रोकेकी पुलिसकी गोलरक्षक उषा नाथ प्लेयर अफ दी म्याच बनिन् ।

उनलाई इलाम नगरपालिकाकी नगर उपप्रमुख विष्णु दाहालले नगद ५ हजार र ट्रफी प्रदान गरिन् । तेश्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँग तेस्रो क्वाटरफाइनल खेल्नेछ ।

फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख र ट्रफी प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार