Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

अहिलेको अवस्थामा संघियता कार्यान्वयन चुनौतीपुर्णः मुख्यमन्त्री शेरधन राई

अहिलेको अवस्थामा संघियता कार्यान्वयन चुनौतीपुर्णः मुख्यमन्त्री शेरधन राई

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १४ २०७५


अहिलेको अवस्थामा संघियता कार्यान्वयन चुनौतीपुर्णः मुख्यमन्त्री शेरधन राई

इलाम । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन अहिलेको अवस्थामा चुनौतीपूर्ण रहेको बताएका छन् । उनले सरकारले संघीयता कार्यान्वयनको गहन जिम्मेवारी लिएको भन्दै यसलाई पार लगाउन निकै मेहनत गर्नुपर्ने बताए ।

१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘संघीयता कार्यान्वयन निकै चुनौतीपूर्ण छ । त्यही चुनौती पार लगाउन हाम्रो नेतृत्व आएको हो ।’ उनले आफू पनि कुनै मुख्यमन्त्रीको प्रतिस्पर्धीका रूपमा मात्रै आएको नभई संघीयता कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको उनले दाबी गरे । अहिले देशको नेतृत्वले सही बाटो समातेको भन्दै उनले प्रदेश सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे ।

उनले ६ महिनाभित्र योजना तर्जुमा गरेर १० बर्षभित्र प्रदेश नम्बर एक लाई समृद्ध बनाउने उल्लेख गरे । संघीयता कार्यान्वयनले मात्रै देश समृद्ध बन्ने उल्लेख गर्दै देश यतिबेला संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताए। सडक, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता सबै क्षेत्रमा नागरिकले समृद्धि अनुभूत गरेमात्रै अहिले नारा लगाइरहेकोजस्तो समृद्धि प्राप्त भएको मानिने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाले देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबै क्षेत्रको परिवर्तनमा भूमिका निर्वाह गरेको बताए। ‘ उनले भने, ‘युवाको भूमिकालाई केन्द्रमा राखेर सरकारले त्यसअनुसारका कार्यक्रम ल्याउनुपर्छ।’ ढुंगेलले नयाँ प्रविधि प्रयोग, नयाँ आविष्कारलाई प्रोत्साहन गर्दै राष्ट्रियदेखि स्थानीयस्तरसम्मका युवालाई समेटेर अघि बढ्नु आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया
सम्बन्धित समाचार