Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करफोकमा भोली गुञ्जँदै ‘कन्दरा’

करफोकमा भोली गुञ्जँदै ‘कन्दरा’

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १५ २०८१


करफोकमा भोली गुञ्जँदै ‘कन्दरा’

इलाम ।  नेपाली लोकपप ब्यान्ड कन्दरा शुक्रबार इलामको सूर्योदय नगरपालिका–१२ करफोकमा गुञ्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सूर्योदय गरपालिका–१२ स्थित करफोक खेल मैदानमा ब्यान्डले प्रस्तुति दिन लागेको हो । कन्सर्ट सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा हुँदैछ ।

ब्यान्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठले ३२ वर्षमा पहिलोपटक इलाममा प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताए । ‘यो प्रस्तुति हेर्न भारतको सिक्किम र दार्जिलिङबाट पनि दर्शक आउन लाग्नुभएको छ, हाम्रा लागि खुसीको कुरा हो,’ श्रेष्ठले भने ।

पछिल्लो समय जुर्मुराएको यो ब्यान्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा कन्दराले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टुर सुरु गरेको ब्यान्डले कतार, यूएई र हङकङमा प्रस्तुति दिइसकेको छ ।

चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्यान्डको तयारी छ । मार्चदेखि अप्रिलसम्म अस्ट्रेलियाका ८ सहरमा ब्यान्डले प्रस्तुति दिनेछ । होबर्टमा मार्च ८, मेलबर्नमा मार्च १५, क्यानबेरामा मार्च २२, एडिलेडमा अप्रिल १२ मा कन्सर्ट तय छन् ।

सोही छेकोमा न्यूजिल्याण्डमा पनि ब्याण्डले प्रस्तुति दिनेछ । ब्यान्डको भोकलमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार