Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामको दानाबारीमा पिकअप भ्यान दुर्घटना, २५ जना घाइते

इलामको दानाबारीमा पिकअप भ्यान दुर्घटना, २५ जना घाइते

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १५ २०८१


इलामको दानाबारीमा पिकअप भ्यान दुर्घटना, २५ जना घाइते

इलाम । इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बिहीबार अपराह्न भएको सो दुर्घटनामा २२ घाइते भएको संचारकर्मी विमल दहालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको दहालले जानकारी दिए । महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार