Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

महाशिवरात्री गोल्डकप : फाइनल समिकरण पुरा

महाशिवरात्री गोल्डकप : फाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन १३ २०८१


महाशिवरात्री गोल्डकप : फाइनल समिकरण पुरा

प्याङ्ग । महाशिवरात्री गोल्डकप प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । सेमिफाइनल खेलहरु सम्पन्न भएसंगै फाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिता अन्र्तगत आज भेट्रान्स तर्फको खेलमा श्रीजंगा भेट्रान्सलाई सडनडेथमा हराउँदै रेड डेभिल्सले फाइनलमा डाइनामिक भेट्रान्स सुम्बेकसंगको भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । डाइनामिकले हिजो भएको खेलमा आयोजक रुलुक रमिते क्लब (आरआरसी) लाई ५–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । त्यसैगरी खुल्ला तर्फ इलाम सेभेनले फ्रेन्डसिप एफसीलाई २–१ गोल अन्तरले हराउँदै टारी एफसीसंग फाइनल भेट पक्का गरेको छ ।

टारीले हेलिबोथ एफसीलाई टाइब्रेकरमा हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ । आरआरसी प्याङ्गको आयोजनामा गत फागुन ८ गतेबाट संचालित प्रतियोगितामा खुल्ला तर्फ १२ क्लब र भेट्रान्स तर्फ ८ क्लब सहभागी थिए । । खुल्ला तर्फ बिजेताले १ लाख १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

भेट्रान्स तर्फ १५ हजार १ सय ११ र उपविजेताले ८ हजार ५५ प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार