प्याङ्ग । महाशिवरात्री गाेल्डकप प्रतियोगितामा डाइनामिक भेट्रान्स सुम्बेक र टारी एफसी फाइनल प्रवेश गरेकाे छ । भेट्रान्स तर्फ पहिलाे सेमिफाइनलमा सुम्बेकले आयाेजक रुलुक रमिते क्लब (आरआरसी) लाई ५-१ गाेल अन्तरले हराएकाे हाे ।
खुल्ला तर्फ टारीले हेलिबाेथ एफसीलाई टाइब्रेकरमा ४-१ गाेल अन्तरले हराएकाे हाे । निर्धारित समयमा दुवै टिमले १-१ गाेल बराबरी खेलेका थिए । भाेली भेट्रान्स तर्फ श्रीजंघा भेट्रान्स र रेड डेभिल्स भेट्रान्स खेल्नेछन् । खुल्ला तर्फ इलाम सेभेन र फ्रेन्डसिप एफसी खेल्दैछन ।
खुल्ला तर्फ १२ क्लब र भेट्रान्स तर्फ ८ क्ल्ब सहभागी थिए । । खुल्ला तर्फ बिजेताले १ लाख १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ प्राप्त गर्नेछ ।
भेट्रान्स तर्फ १५ हजार १ सय ११ र उपविजेताले ८ हजार ५५ प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ ।
प्रतियोगिता प्याङ्ग माविको खेलमैदानमा संचालन भइरहेकाे छ ।