माई । विकास समृद्धि र जनजीविकाको सवाललाई बुलन्द गर्न नेकपा एमाले माई नगर कमिटी इलामको ३ महिने वडा केन्द्रित (जरा) अभियान नगर स्तरीय अनुशिक्षण तथा विस्तारित बैठक माई-४ को सुखानी अध्ययन केन्द्रमा आईतवार सम्पन्न भएको छ।
जरा अभियान सङ्गठन विस्तारका लागि वडा केन्द्रित अभियान सुरु गर्ने छ । पार्टी सङ्गठित सदस्यको नवीकरणबाट तीन महिने जरा अभियानको सुरुवात गरिएको छ। जरा अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता जनताको घरघरमा पुग्दै छन्, विभिन्न कारणले पार्टीमा जिम्मेवार बिहिन अधिकांशलाई जिम्मेवारी दिईने वताईएको छ।
अभियानअन्तर्गत माई नगर भित्रका जनताको घरमा गएर उनीहरूसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको बताईएको छ। जरा अभियानअन्तर्गत पालिका, वडा हुँदै टोल कमिटी सम्मको बैठक बसेर अभियानको योजना बनाईने छ ।
नगरभित्रका नगर कमिटी, वडा कमिटी, भातृ संगठनका पदाधिकारीहरु तथा सदस्यहरु लगायत सरोकारवाला सहभागिता रहेको जरा अभियानलाई नेकपा एमाले केन्द्रिय सदस्य तारा गुरुङ, प्रदेश कमिटी सदस्य एवम जिल्ला समन्वय समिति इलामका अध्यक्ष जय प्रकाश राई, प्रदेश कमिटी सदस्य ध्रुव श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष गणेश प्रसाद बराल, सचिव रबिन्द्र सुवेदी, उपसचिब रमेश राई, जिल्ला कमिटी सचिवालय सदस्य दिपक कुमार थेवे लगायतले प्रशिक्षक दिनु भएको थियो।