इलाम । अखिल क्रान्तिकारि इलाम जिल्लाको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । अखिल क्रान्तिकारी इलाम जिल्ला अध्यक्ष रोशन राईको अध्यक्षतामा आगामी चैत्र ५ गते हुने स्व वि यु निर्वाचन केन्द्रित रहेर बैठक आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा जिल्ला समन्वय सचिव शान्ता बस्नेत, प्रदेश किमिटी सदस्य तथा इलाम नगरपालिका इञ्चार्ज छबि लाल आचार्यको आथित्यता रहेको थियो ।
बैठकमा अखिल क्रान्तिकारी बिद्यार्थी फ्याक्सन ईन्चार्ज गन्जु प्रधान, अखिल क्रान्तिकारी केन्द्रिय उप महासचिव बिपिन पोख्रेल, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य अङ्कित बराईली प्रदेश प्रमुख सचिव नयन राईको आथित्यता रहेको थियो ।
संगठनको प्रदेश समितीमा मुख्य सचिव निर्वाचित नयन राई, केन्द्रिय उप महासचिव विपिन पोखरेललाई बधाई ज्ञापन गरिएको अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिट अध्यक्ष शम्भु राईले जानकारी दिए । बैठकले आगामि चैत्र ५ गते हुने स्ववीयू चुनावमा शसक्त प्रतिस्पर्धामा लाग्ने निर्णय गरेको छ ।
थप तस्बिरहरु :
