इलाम । इलाम को रोङ ६ स्थित रम्भ्याङ कृषि सहकारि संस्था को शनिबार सम्पन्न नवौं साधारण सभा ले पुनः निमा कुमार राई को अध्यक्षता मा नयाँ कार्यसमिति चयन गरेको छ । समिति को उपाध्यक्ष प्रेम कुमारी खडका, सचिब बिनराज राई, कोषाध्यक्ष जानुका राई र सदस्यहरूमा बखत बहादूर लाम्गादे, तेज बहादूर राई, जस बहादूर खड्का, कमला राई,भगवती राई, बम बहादूर राई सुनिता राई चयन हुनुभएको छ ।
त्यसैगरि, इन्दिरा सुब्बा को संयोजकत्व मा सरिस्मा योङहाङ र सन्जिप नाछिरिङ सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ । सभा ले आर्थिक ०८०र८१ को लेखापरिक्षण प्रतिवेदन पनि पारित गरेको छ ।