Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

कन्ट्रोल इटहरी गोल्डकप : उपाधिको लागि आज सगरमाथा र मछिन्द्र भिडदै

कन्ट्रोल इटहरी गोल्डकप : उपाधिको लागि आज सगरमाथा र मछिन्द्र भिडदै

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १० २०८१


कन्ट्रोल इटहरी गोल्डकप : उपाधिको लागि आज सगरमाथा र मछिन्द्र भिडदै

इलाम। १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लब काठमाण्डौ प्रतिस्पर्धा गर्दैछन् । इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा यस अघि दुई २ पटक उपाधि जितिसकेको सगरमाथा युथ क्लबका कप्तान अशोक खवासले यस पटक पनि उपाधी जित्ने दावी गरे ।

उनले भने, ‘ यो हाम्रो होमग्राउण्ड पनि हो, यस अगाडी दुई पटक हामीले जितेको छौँ, यस पटक पनि जित्नेमा हामी विश्वस्त छौँ हामीलाई लोकल दर्शकको सर्पोटले उत्साह थप्ने हुँदा उच्च मनोबलका साथ ग्राउण्डमा खेल प्रर्दशन गछौँ ’ कप्तान खवासले बताए । सगरमाथाका प्रशिक्षक युवेन गुरुङ पनि उपाधी जित्नेमा ढुक्क देखिए ।

मछिन्द्र क्लब लगातार प्रतियोगिता खेल्दा खेलाडीहरु थकित भएको हुँदा त्यसको फाइदा उठाउने रणनितिमा रहेन प्रशिक्षक गुरुङले बताए । इटहरी गोल्डकप हाम्रो लागि घरेलु प्रतियोगिता हो, आफ्नै मैदान र दर्शकको हौसलाले हामीलाई सर्पोट हुन्छ ’ प्रशिक्षक गुरुङको भनाई छ ।

यता, पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको मछिन्द्र फुटबल क्लब फाइनल जित्दै इतिहास रच्ने दाउमा छ । विपक्षी टिम राम्रो भएपनि उपाधी भने आफुहरुले जित्ने मछिन्द्रका कप्तान गोलकिपर विशाल श्रेष्ठ बताउँछन् । ‘उहाँहरुको टिम राम्रो छ, खेलाडीले राम्रो खेलेका छन् । यस अघि २ पटक जितिसकेको छ । तर हामीले उहाँहरुको २ वटा खेल हेरेका छौँ । उहाँहरुको रणनीति अनुसार खेल्दै प्रतियोगिता जित्नेमा ढुक्कछौँ ।’  मछिन्द्रका कप्तान श्रेष्ठले भने ।

त्यस्तै मछिन्द्रका टिम म्यानेजर शिरिस श्रेष्ठले पहिलो सहभागितामै फाइनलमा पुगेको र उपाधी जित्नेमा विश्वस्त रहेको बताए । म्यानेजर श्रेष्ठले पनि सगरमाथाका खेलाडीले राम्रो खेलेको तर फाइनलमा उपाधी भने आफुहरुले नै जित्ने दावी गरे । मोफसलका प्रतियोगिताहरुमा लगातार सहभागिता जनाउँदा खेलाडीहरु केही दबावमा हुने उनले स्वीकार गरे । तर दुई टिम रहेका कारण त्यसलाई व्यवस्थापन गरिएको उनको स्पष्ट पारे ।

सगरमाथा युथ क्लवले क्वाटरफाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मछिन्द्र फुटबल क्लबले क्वाटरफाइनलमा झापा फुटबल क्लव र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब ९यूकेएफसी० भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

२ पटकको उपाधी विजेता सगरमाथा युथ क्बल उच्च मनोबलका साथ मैदानमा उत्रने देखिएको छ । सगरमाथा यस पटक पनि फाइनल जित्दै तेस्रो पटक उपाधी हत्याउने दाउमा छ । मछिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधी जितेर इतिहास बनाउने रणनितिमा छ ।

इतिहास रच्न खेल जित्नै पर्ने हुँदा दुवै टिम बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५लाख प्राप्त गर्नेछ । शनिबार हुने फाइनल खेल इटहरी रंगशालामा दिउँसो ३ बजे बाट सुरु हुने आयोजक राष्ट्रिय जागृती क्लबले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार