Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमालेको ‘जरा अभियान’ फाकफोकथुममा, आगामी निर्वाचनको तयारी तीब्र

नेकपा एमालेको ‘जरा अभियान’ फाकफोकथुममा, आगामी निर्वाचनको तयारी तीब्र

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ९ २०८१


नेकपा एमालेको ‘जरा अभियान’ फाकफोकथुममा, आगामी निर्वाचनको तयारी तीब्र

इलाम : नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित थालेको ‘मिसन–८४’ अन्तर्गतको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई तीब्रता दिएको छ। यसैक्रममा फाकफोकथुम गाउँपालिकामा पनि अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ।

फाकफोकथुम गाउँपालिका ३ आमचोकमा गाउँ कमिटीको दोस्रो पूर्ण तथा विस्तारित बैठक र अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठकले नेकपा एमाले फाकफोकथुम गाउँ कमिटीको वार्षिक कार्य योजना पारित गरेको छ। यसका साथै पालिकाभित्रका ४२ वटा टोल कमिटीका इन्चार्जहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार थापाले पार्टीको आगामी रणनीति र कार्यदिशाबारे चर्चा गरे। तीन महिने वडा केन्द्रित ‘जरा अभियान’को प्रशिक्षण नेकपा एमाले इलाम जिल्ला अध्यक्ष गणेश बरालले दिए । उनले अभियानको उद्देश्य र महत्वमाथि प्रकाश पारे।

बैठकमा जिल्ला कमिटी सचिवालय सदस्य दीपेन्द्र खनाल, छत्र सुब्बा र प्रदेश कमिटी सदस्य तथा पालिका पार्टी इन्चार्जले पनि आफ्नो धारणा राखेका थिए। नेकपा एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङ्हाङको अध्यक्षतामा सम्पन्न बैठक तथा अनुशिक्षण कार्यक्रमको स्वागत मन्तव्य पालिका कमिटी उपसचिव होम लायो मगरले राखे भने कार्यक्रमको सञ्चालन पालिका कमिटी सचिव ओम प्रसाद खनालले गरे ।

यस अभियानले पार्टीलाई थप सुदृढ र बलियो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार