माई । इलाम जिल्ला स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलाम नगरपालिका च्याम्पियन बनेको छ । २२ स्वर्ण, १३ रजत र ८ काश्य पदक सहित इलाम पहिलो बनेको हो । सुर्योदय नगरपालिकाले १८ स्वर्ण, १३ रजत र २० कास्य सहित ५१ पदक जित्दै दोस्रो बनेको छ ।
माई नगरपालिकाले १२ स्वर्ण, १२ रजत र २१ कास्य सहित ४५ पदक हात पार्दै तेस्रो बनेको छ । माङसेबुङ गाँउपालिका ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ९ पदक जित्दै चौथो, माईजोगमाई गाँउपालिका ३ स्वर्ण, १० रजत र २ कास्य सहित १५ पदक जित्दै पाँचौ, चुलाचुली गाँउपालिका २ स्वर्ण, ३ रजत र १९ कास्य सहित २४ पदक जित्दै छैटौ बनेको छ ।
सन्दकपुर गाँउपालिका २ स्वर्ण सहित सातौ, रोङ गाउँपालिका १ स्वर्ण, ६ रजत र १५ कास्य सहित २२ पदक जित्दै आठौ, देउमाई नगरपालिका १ स्वर्ण, ५ रजत र ५ कास्य सहित ११ पदक जित्दै नवौ र फाकफोक थुम गाँउपालिका १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदक हात पार्दै दशौ स्थानमा परेको छ।
जिल्ला खेलकुद बिकास समिती इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न प्रतियोगिता विजेता खेलाडीहरुलाई माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष खगेन्द्र बास्तोला लगायतले शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिकाको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको थियो । आगामी बर्षको प्रतियोगिता सूर्योदय नगरपालिकामा हुनेछ ।