माई । इलाम जिल्ला स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमा इलाम नगरपालिकाले अग्रता कायम गरेको छ । दोश्रो दिनको खेल सम्पन्न हुँदा इलामले १८ स्वर्णं ३ रजत र ४ रजत सहित अग्रता बनाएको हो । दोश्रो स्थानमा रहेको सूर्योदय नगरपालिकाले १० स्वर्ण ८ रजत र १३ काँस्य प्राप्त गरेको छ ।
तेश्रो स्थानको माई नगरपालिकाले ५ स्वर्ण ९ रजत र १४ काँस्य प्राप्त गरेको छ । रोङ गाउँपालिकाले १ स्वर्ण ४ रजत र १५ काँस्य दिक सहित चौथो स्थान प्राप्त गरेको छ । १ स्वर्ण ४ रजत र ५ काँस्य सहित देउमाई नगरपालिका पाँचौ स्थानमा रहेको छ ।
माईजोगमाई गाउँपालिका १ स्वर्ण ५ रजत र १ काँस्य सहित छैटौ स्थानमा रहेको छ । माङसेबुङ गाउँपालिका १ स्वर्ण ३ रजत सहित सातौ स्थानमा रहेको छ । चुलाचुली गाउँपालिका १ स्वर्ण १ रजत र ६ काँस्य पदक प्राप्त गर्दै आठौ स्थानमा रहेको छ ।
फाकफोकथुम गाउँपालिका १ रजत र ३ काँस्य सहित नवौ स्थानमा रहेको छ । अन्तिम स्थानमा रहेको सन्दकपुर गाउँपालिका पदक विहिन रहेको छ ।