फिक्कल । इलामको देउमाई नगरपालिकामा जारी दोश्रो देउमाई कप अन्तरपालिका फुटबलमा डिफेन्डिङ च्याम्पियन माई नगरपालिका विजयी बनेको छ । दोश्रो दिनको खेलमा गत संस्करणको उपविजेता चुलाचुली गाउँपालिका माथि २–१ गोल अन्तरको जित निकाल्दै माईले क्वाटरफाइनल प्रवेश गरेको हो ।
चुलाचुलीले खेलको सुरुवाती अग्रता लिएको थियो । ओसन राईले चुलाचुलीलाई सुरुवाती अग्रता दिलाएका थिए । माईका सुसन राईले खेल बराबरी गरे । इसान बुढाथोकीले गोल गर्दै माईलाई अन्तिम ८ मा पु¥याए । खेलको म्यान अफ दि म्याच माईका सुसन राई घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा भोली रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछन् ।