Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा गोल्ड कप : कनकाईलाई हराउँदै उपाधि दिपेन्द्र शिखर इलामले जित्य

पवित्रहाङमा गोल्ड कप : कनकाईलाई हराउँदै उपाधि दिपेन्द्र शिखर इलामले जित्य

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २ २०८१


पवित्रहाङमा गोल्ड कप : कनकाईलाई हराउँदै उपाधि दिपेन्द्र शिखर इलामले जित्य

इलाम । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लब इलामले जितेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि जितेको हो ।

इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गरिन्। उनले खेलको ४५औं मिनेटमा गोल गोल गरेकी हुन् । उपाधिसंगै इलामले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको कनकाई झापाले भने ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगताको उदियमान खेलाडी ताप्लेजुङ फुटबल संघकी प्रजिता राई घोषित हुँदा उत्कृष्ट गोलकिपर दिपेन्द्र शिखर इलामकी झरना नगरकोटी, उत्कृष्ट डिफेन्डर दिपेन्द्र शिखर इलामकी सजिना कोइराला, उत्कृष्ट खेलाडी दिपेन्द्र शिखर इलामकी सोष्तिमा विक र सर्वाधिक गोलकर्ता कनकाई झापाकी समिक्षा मगर घोषित भइन । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद सहित ट्रफी प्रदान गरिएको थियो ।

विजेता उपविजेता खेलाडीहरुलाई माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङबाट पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार