Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

रत्नलक्ष्मीमा विद्यार्थीहरुले पोशाक र शैक्षिक सामाग्री वितरण गर्दै प्रधानाध्यापकको जन्मदिन

रत्नलक्ष्मीमा विद्यार्थीहरुले पोशाक र शैक्षिक सामाग्री वितरण गर्दै प्रधानाध्यापकको जन्मदिन

  • डिबी लिङदम
  • शुक्रबार, फाल्गुन २ २०८१


रत्नलक्ष्मीमा विद्यार्थीहरुले पोशाक र शैक्षिक सामाग्री वितरण गर्दै प्रधानाध्यापकको जन्मदिन

इलाम । इलाम नगरपालिका–१२ को रत्नलक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री वितरण गर्दै जन्मदिन मनाएका छन् । उनले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गर्दै ३५ जना अति विपन्न र उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् । त्यसैगरी पोशाक नपाउने विद्यार्थीहरुलाई कापी वितरण गर्दै आगामी बर्ष अन्य विद्यार्थीहरुलाई उपलब्ध गराउने भट्टराईले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन लिङदमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष याम बहादुर कटुवाल, विव्यस सदस्य मुकेश कटुवाल, अभिभावक कुमार पौडेल, पत्रकार नमिन ढकालको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुलाई पोशाक वितरण गर्दै भट्टराईले सामुदायिक विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थीका अभिभावकहरुले बर्षेनी पोशाक किन्न समस्या रहेको र उत्कृष्ट विद्यार्थीहरुलाई उत्प्रेरित गर्न विद्यार्थीहरु माझ जन्मदिन मनाएको बताए ।

विभिन्न संघसंस्थाहरुले समेत विद्यार्थीहरुलाई यस बर्ष व्याग र अन्य शैक्षिक सामाग्री उपलब्ध गराएको बताउँदै थप सहयोगको वचन प्राप्त भएको बताए । पूर्व विव्यस अध्यक्ष कटुवालले पोशाक वितरणले विद्यार्थीहरुमा सकारात्मक सन्देश गएको बताए । उनले यस्ता कार्यक्रम अरु शिक्षक र अभिभावकहरुले समेत अनुसरण गर्न सुझाव दिए ।

विव्यस अध्यक्ष लिङदमले विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ती देउसी भैलो खेलेर स्थापना गरिएको अक्षयकोष मार्फत अंग्रेजी माध्यमको शिक्षा प्रदान गरिने बताए । उनले समयसापेक्ष शिक्षाका निम्ती विद्यालय परिवारले विभिन्न कार्यक्रमहरु अघि बढाउने बताए । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक तिल बहादुर लिम्बुले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार